साउनको पहिलो सोमबार: केदारेश्वरमा भक्तजनको भीड (तस्बिरहरु)

पाेखरा | साउन ७, २०८१

साउनको पहिलो सोमबार: केदारेश्वरमा भक्तजनको भीड (तस्बिरहरु)

पोखरा:    आज साउनको पहिलो सोमबार ।

 

पोखरामा झण्डै साढे दुई दशकदेखि जारी बोलबम पदयात्रा बगरको शुक्लागण्डकी गाईघाटस्थित १०८ धारामा स्नान गरेर ८ किमी पैदलयात्रासहित बैदामस्थित केदारेश्वरमा १०८ शिवलिंगमा जलार्पण गरिदैंछ । 

 

यतिबेला केदारेश्वरमा भक्तजनको भीड छ ।
 

केदारेश्वर महादेवमणि सेवाश्रम समिति, बैदामले हरेक वर्ष बोलबम पदयात्रासहित धार्मिक कार्यक्रम आयोजना गर्दै आएको छ ।
 

बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ आयोजना हुने यो कार्यक्रम साउनका चार वटै सोमबार बोलबम पदयात्रा हुनेछ । बोलबम यात्रामा नौमती बाजासहित भजनकिर्तन, झाँकी प्रस्तुत गरिएको थियो ।

 

 

मध्याह्न षोडस उपचारसहित विशेष पूजा आराधनादेखि भजन किर्तनसमेत आयोजना हुने केदारेश्वर महादेवमणि सेवाश्रम समितिले जनाएको छ  भने सन्ध्याकालिन समयमा विशेष पूजासहित आरतीसँगै शिवसाधना हुनेछ ।

थप तस्बिरहरु:-

 

 

 

 

 

 

 

 

 

 

 

 

 


 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्